युवा डिफेन्डर अनुबन्ध गर्दै टोटेनहम

 ग्लोबल टिभि           0

साउन २६-प्रिमियर लिग क्लब टोटेनहमले युवा डिफेन्डर डेस्टिनी उडोगी अनुबन्ध गर्ने भएको छ । टोटेनहमले इटालीका युवा डिफेन्डरलाई उडीनेजेबाट अनुबन्ध गर्ने भएको हो ।

१९ वर्षीय डिफेन्डर अनुबन्धका लागि टोटेनहम र इटालियन क्लब उडीनेजेबीच सहमति बनेको छ । इटाली यू-२१ टोलीका सदस्य डेस्टिनी यस सिजन भने लोनमा सिरी ए क्लबमै खेल्ने छन् ।

लेफ्ट ब्याक डेस्टिनीले गत सिजन ३५ लिग खेलमा ५ गोल र ४ असिस्ट गरेका थिए । टोटेनहमले डेस्टिनीलाई यस समरमा सातौं खेलाडीको रुपमा अनुबन्ध गर्न लागेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *