ग्लोबल टिभि
शनिबार, फाल्गुन १५, २०७७
0
हिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।
यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ । बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । पुलचोक १ अङ्कसहित तालिकाको पुछार (१२ औँ स्थान)मा रहेको छ भने श्री भगवती ५ अङ्कसहित १० औँ स्थानमा छ ।
सातदोबाटो युथ क्लब १९ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
Post Views: 1,298
Leave a Reply