प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधी धादिङलाई

 ग्लोबल टिभि           0

बिकास रौनियार, धादिङ । नुवाकोटमा सञ्चालित बागमती प्रदेश लिग फुटबल प्रतियोगिता २०७७ को उपाधी धादिङ समाज धादिङ डीएसडीले जितेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा काठमाडौं टिमलाई १–० गोल अन्तरले पराजित गर्दै धादिङले उपाधी हात पारेको हो ।
खेलको सुरुवाती २ मिनेटमै डीएसडीका खेलाडी दिपेन कडेलले पेनाल्टीमार्फत गोल गरेका हुन् । कडेलको त्यही गोलले नै डीएसडीलाई उपाधी दिलाउन सफल भयो ।

उपाधि जितेको धादिङ समाजलाई ५ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, उपविजेता काठमाण्डौंको टिमले नगद २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *