भदौ २५ –बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।
छनोटको समूह ुबीु मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्। प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेको समेत बताए ।
प्रशिक्षक केसीले तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको समेत बताए ।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।
यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
Leave a Reply