आजबाट ‘सी’ डिभिजन लिग छनौट हुदै

 ग्लोवल टि.भी.      बिहिबार, अशोज ६, २०७९      0

असोज ६ –सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह ए को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह बी को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३स्३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।

दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।

यस्तो छ, खेल तालिकाः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.