एन्फालाई महिला साफको प्राविधिक कमिटिले बुझायो प्रतिवेदन

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

असोज ८ –छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।

प्राविधिक कमिटिले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रतिवेदन बुझाएको हो । कमिटीले बुझाएको प्रतिवेदनमा च्याम्पियनसिपमा नेपालको प्रदर्शनको विश्लेषण गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना भएको थियो।

प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

फाइनलमा नेपाललाई ३–१ ले हराएर बंगलादेश च्याम्पियन बनेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *