नेपाली महिला बास्केटबल टोली पुग्यो माल्दिभ्स

 ग्लोबल टिभि           0
Nepal’s Women National Basketball players singing national anthem prior to their game, during the inaugural South Asian Women’s Basketball tournament, organised by Nepal Basketball Association in Kathmandu on Tuesday, March 29, 2016. Photo: RSS

असोज ९ –साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली महिला बास्केटबल टोली माल्दिभ्स पुगेका छन्।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स प्रस्थान गरेका थिए। नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।

नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

नेपालले पहिलो खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *