साबा महिला बास्केटबल च्याम्पियनसिपः नेपालको पहिलो जित

 ग्लोबल टिभि      बुधबार, अशोज १२, २०७९      0

असोज १२ –माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।

मालेमा मंगलबार राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले श्रीलंकामाथि ५५–४९ को जित निकालेको हो ।

यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *