असोज १२ –गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले अनावरण गरेका छन् ।
पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने प्रतियोगिताको ट्रफी मुख्यमन्त्री शाहीले सुर्खेतको राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागिय टिममा ट्रफ्री टुर गराउने निर्णय गरेको थियो ।
मुख्यमन्त्री जिवनबहादुर शाहीले खेलाडीको हितका लागि सबभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताएका थिए ।
यस सरकारले खेल र खेलाडीका लागि आफ्नो श्रोत अनुसारको बजेट ब्यवस्थापन गरेको छु । उनले भने, खेलकुदलाई प्राथमिकता दिएरनै म खेलाडीको अगाडि उपस्थित भएको छु ।
ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लब लगायत सबभन्दा राम्रा खेलाडी पश्चिम नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गरे ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुरमा संयोजक विष्ट सहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका छन् ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले कर्णालीबाट नवौंमा सहभागि भई स्वर्ण, काँस्य र रजत पदक ल्याउने खेलाडीलाई क्रमशः दुई लाख, डेढ लाख र एक लाख नगर पुरस्कार दिने बताए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
Leave a Reply