खेलकुद मन्त्री महेश्वरले दिए विजयी राष्ट्रिय फुटबल टोलीलाई बधाइ

 ग्लोबल टिभि      बुधबार, अशोज १२, २०७९      0

असोज १२ –युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाइ दिएका छन्।

मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको राष्ट्रिय टिमका खेलाडीहरूलाई मन्त्री गहतराजले बधाई दिएका हुन्।
सामाजिक संजालमा खेलाडीसँगको तस्बिर शेयर गर्दै उनले नेपाली राष्ट्रिय टिमलाई बधाइ दिएका छन्।

मंगलबार साँझ नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथक खेल सकिएलगत्तै मैदानमै पुगेका थिए। उनले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगायत खेलाडीसँग केही समय भलाकुसारी गरे।

प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीको हौसला बढाएका थिए। मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *