श्रीलंका च्याम्पियन, नेपाल फेरि उपविजेतामा सिमित

 ग्लोबल टिभि           0

असोज १३ –माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेपछि नेपाल फेरि उपविजेता बनेको हो ।

बुधबार नै भुटानलाई हराएर नेपालले उपाधि होड कायम राखेको थियो । तर, श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो ।

माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो ।माल्दिभ्ससँग पराजित भएपनि नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।

त्यस्तै तुलनात्मक कमजोर टोली भुटानमाथि नेपालले ६५–२६ को जित निकालेको थियो। प्रतियोगितामा चार राष्ट्र सहभागी छन् । अब माल्दिभ्स र भुटानबीचको खेल हुन बाँकी रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *