काठमाडौं मेयर्स कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

 ग्लोबल टिभि           0

काठमाडौँ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने भएका छन्।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

वाग्मतीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

वाग्मती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ ।

आर्मी र पुलिस भने दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो ।

पुलिसले भने पहिलो खेलमा वाग्मतीलाई हराएको थियो । दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *