इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

 ग्लोबल टिभि           0

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले ५४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ । इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *