नवौं राष्ट्रिय खेलकुदः आर्मीको लगातार तेस्रो जित

 ग्लोबल टिभि      बिहिबार, अशोज २७, २०७९      0

असोज २७ –नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले बुधबार प्रदेश–१ माथि ३४–९ को जित निकाल्यो।

लगातार तेस्रो खेल जितेको आर्मीले महत्वपूर्ण ९ अंक बटुलेको छ। आर्मीका लागि सञ्चिता बस्नेतले सर्वाधिक ९ गोल गरिन्।

बुधबारनै भएको खेलमा बागमतीले मधेश प्रदेशलाई ६–४ गोलले जित निकालेको हो। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । मधेशकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन्।

अर्को खेलमा लुम्बिनीले सदूरपश्चिममाथि १४–१० ले जित निकाल्यो। जितसँगै लुम्बिनीले ३ अंक बटुलेको छ। लुम्बिनीकी अर्चना न्यौपानेले सर्वाधि १४ गोल गरिन् ।

पुरुष स्पर्धामा गण्डकी र आर्मीले लगातार तेस्रो जित दर्ता गरे । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा गण्डकीले बागमतीलाई ३२–१४ गोलले हरायो । लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे।

यस्तै आर्मीले आफ्नो तेस्रो खेलमा प्रदेश–१ माथि ५४–१० ले जित निकालेको हो। लगातार तेस्रो जित निकालेको आर्मीले ९ अंक जोडेको छ। आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १३ गोल गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *