नवौं राष्ट्रिय खेलकुदः सन्तोषीले जितिन्, महिलातर्फको १० हजार मिटर दौड

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

असोज २९ –बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।

एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९।३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितिन् । राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गरेकी थिइन ।

एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी कास्य पदक हात पारिन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *