नवौं राष्ट्रिय खेलकुदः खोखोमा आर्मीले निकाल्यो विजयी सुरुवात

 ग्लोबल टिभि      आइतवार, अशोज ३०, २०७९      0

असोज ३० –नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो।

४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेको हो। प्रत्येक इनिङ ९ मिनेट खेलिने भए पनि लगातार ३ इनिङ जित्दा अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए।

रंगशालास्थित ह्यान्डबल एकेडेमीमा सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो। प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्दैछन्।

खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन्। राउन्ड रोविनआधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *