कात्तिक १ –कैलालीको अत्तरियामा रहेको पीएफए स्पोर्टस् क्लबले खेलाडी छनौटका लागी आवेदन खोलेको छ । क्लबले आगामी दिनमा गोदावरी नगरपालिकाको प्रतिनिधित्व गर्ने टोली तयार गर्ने योजना बनाएको छ ।
१५ देखी २५ वर्ष उमेर समूहका खेलाडीहरुको छनौट गरी नगरको टोली निर्माण गरिने र भविष्यमा त्यहि टोलीले नै विभिन्न राष्ट्रिय प्रतियोगितामा खेल्ने क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिए ।
छनौट गरीएका खेलाडीहरुलाई विभिन्न तालिमहरु दिईनुका साथै उनिहरुको क्षमतामा सुधार ल्याउने अन्य विभिन्न क्रियाकलापहरु गरिने छ । यसले गोदावरी नगरपालिकामा रहेका स्थानीय फुटबल खेलाडीहरुलाई मात्र नभई फुटबल खेल्न चाहने सबै खेलाडीलाई प्रोत्साहन र अवसर मिल्ने उनको विश्वास छ ।
आवेदन दिने अन्तिम मिति कार्तिक १४ सम्म रहेको छ । आवेदनका लागि दर्ता शुल्क रु २०० राखिएको छ । साथै छनोटको दौरान क्लबले नै प्राथमिक उपचारको व्यवस्था पनि गर्नेछ ।
पीएफए स्पोर्टस क्लब लामो समय देखि खेलाडी उत्पादनमा सक्रिय छ । स्थानीय युवाहरुको अगुवाइमा क्लबले विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै बर्षेनी सुदुरपश्चिम राजधानी कप प्रतियोगिताको आयोजना गर्दै आएकोछ ।
यही क्लबको एकेडेमिबाट उत्पादित युवा खेलाडी हरिश राज भट्टले भर्खरै मात्र नेपालको १७ बर्षमुनिको उमेर समूहको राष्ट्रिय टोलिबाट एएफसी कप छनोट र साफ च्याम्पियनसिपमा खेल्नुका साथै १ गोल पनि गरेका थिए ।
Leave a Reply