एकैदिन रचियो पौडीमा ७ नयाँ राष्ट्रिय कीर्तिमान

 ग्लोबल टिभि           0

कात्तिक १ –पोडिमा एकैदिन सात नयाँ राष्ट्रिय कीर्तिमान रचिएको छ । त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले २ नयाँ राष्ट्रिय कीर्तिमान बनाउदैँ स्वर्ण पदक जिते। उनले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाए। यसअघि उनकै नाममा ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान थियो।

नासिरले १ सय मिटर बटरफ्लाईमासमेत राष्ट्रिय कीर्तिमान बनाए। उनले अनुभव सुब्बाको नाममा रहेको कीर्तिमान ५७.८६ सेकेन्डमा पूरा गर्दै आफ्नो नाममा दर्ता गराए। सुब्बाको नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान थियो।

महिला १ सय मिटर बटरफ्लाईमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारिन्। एस्लीले १ मिनेट ०७.७४ सेकेन्डमा दूरी पूरा गरिन्। एस्लीले गौरिका सिंहको नाममा रहेको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान तोडेकी हुन्।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशिष सापकोटाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। उनले २ मिनेट २९.६० सेकेन्डको समय निकाले। उनले सुभम श्रेष्ठले बनाएको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन्।

महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन्। डुवानाले २ मिनेट ४३.२३ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको २ मिनेट ४४.२८ को कीर्तिमान भंग गरेकी हुन्।

पुरुष ५० मिटर ब्याक स्ट्रोकमा आर्मीका एलेक्स एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। उनले २७.४६ सेकेन्डमा पुरा गर्दै आफ्नै नामको २७.५४ को कीर्तिमान सुधार गरेका हुन्। महिला ५० मिटर ब्याक स्ट्रोकमा गौरिका सिंहले स्वर्ण पदक जितिन्। गौरिकाले ३०.८० सेकेन्डमा पूरा गरिन्।

पुरुष ४ सय मिटरमा फ्रीस्टाइल रिलेमा आर्मीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ। अनुभव, नासिर, दिलिप थापा मगर र एलेक्स रहेको आर्मीले ३ मिनेट ४५.५१ सेकेन्डमा पूरा गरे। यसअघि पुलिसको नाममा ३ मिनेट ४६.८३ सेकेन्डको कीर्तिमान थियो।

महिला ८ सय मिटर फ्री स्टाइल रिलेमा डुवाना लामा, उपास्ति महर्जन र अनुसिया तन्डुकार सम्मलित आर्मीले २ मिनेट २७.७३ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जित्यो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *