सुन्दर दृष्य अवलोकन गर्दै म्याराथन दौड, अनिष र विन्द्रालाई स्वर्ण

 ग्लोबल टिभि           0

कात्तिक १ –नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याराथनको स्पर्धा मंगलबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त रुटमा पहिलोपल्ट आयोजित प्रतियोगिताको पुरुषतर्फ भारतीय सेनामा कार्यरत गण्डकी प्रदेश टिमका अनिष थापामगरले स्वर्ण जित्दा महिलातर्फ एफीएफकी विन्द्रा धन्के श्रेष्ठ देशार च्याम्पियन बनिन् ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनर (एम्स)का प्रतिनिधिले गत महिना निर्धारण गरेको आधिकारिक रुटलाई पहिलोपल्ट नवौं खेलकुदमा प्रयोग गरिएको थियो ।

पोखरा रंगशालाबाट सुरु भएर पृथ्वीचोक, विरौटा, ड्यामसाइटड, लेकसाइड, हल्लनचोक, जिरोकिलो, हेम्जा, मूलपानी टोलबाट फर्किएर हेम्जा, जिलो किलो, सृजना चोक, पृथ्वी चोक हुँदै पुनः पोखरा रंगशाला आएर समाप्त भएको थियो ।

पुरुषतर्फको विजेता अनिषले आफूलाई रुट उत्कृष्ट लागेको बताउँदा महिलातर्फकी स्वर्ण विजेता विन्द्राले कठिन लागेको बताइन् ।

अनिषले स्वर्ण जित्ने क्रममा २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा दूरी पूरा गरे । विन्द्राले सोही दूरीका लागि २ घण्टा ५७ मिनेट २३ सेकेण्डको समय खर्चिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *