दुई खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक बि डिभिजन लिगको उपाधि जितेको छ ।
लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले हराउँदै जित हात पारेको हो । ११ वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको थियो ।
२०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सि डिभिजनको यात्रा तय गरेको थियो । करिब ९ वर्ष सि डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्ष पछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका बुनेको थियो । २०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ ।
शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ हात पा¥र्यो भने दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ प्राप्त ग¥यो ।
Leave a Reply