च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनको समीमरण पुरा

 ग्लोवल टि.भी.      बिहिबार, चैत्र ५, २०७७      0

एजेन्सी । विश्व प्रसिद्ध फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुधबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोली टुंगिएका हुन् ।

यस सिजन अन्तिम आठमा इंग्लिस क्लबको वर्चश्व रहेको छ । इंग्ल्यान्डका तीन क्लबले अन्तिम आठमा स्थान बनाएका छन् ।

इंग्ल्यान्डबाट लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएका छन् ।

यस्तै जर्मनीबाट साविक विजेता बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

फ्रान्सबाट पेरिस सेन्ट जर्मेन -पीएसजी, स्पेनको रियल मड्रिड र पोर्चुगलको एफसी पोर्टोले क्वाटरफाइनलमा स्थान बनाएका छ । क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *