रियल सोसिडालविरुद्ध बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

 ग्लोबल टिभि           0

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले रियल सोसिडालविरुद्धको खेलमा सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोलको योगदान गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरी सोसिडाल विरुद्धको खेलमा ६ गोल पुराए । सोसिडाडका लागि भने एण्डरले एक गोलको सान्त्वना गोल गरे।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जितसँगै बार्सिलोना २८ खेलमा ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *