काठमाडौँ । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको यू–२३ टिमसँग ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे शुरु हुनेछ ।
नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ भने किर्गीस्तान पनि नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राख्न चाहान्छ ।
मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।
मुख्य प्रशिक्षक महर्जनले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन बताईसकेका छन् ।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत्र १६ गते हुनेछ ।
Leave a Reply