आर्मी किर्गिस्तानबिच गोलरहित बराबरीमा

 ग्लोबल टिभि      सोमवार, चैत्र १६, २०७७      0

त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु–२३ टोलीसँग मैत्रिपूर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धात्मक खेल खेले पनि गोल गर्न भने सकेन । खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके ।

घरेलु दर्शकको साथ पाएको आर्मी क्लबले सुरुआतबाट नै आक्रामक खेल खेलेको थियो । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने मौका गुमेको थियो ।

त्रिदेशिय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल बंगलादेशसँग हारेको किर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो । २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

४७ औं मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्र बाहिर पाएको अवसर सदुपयोग गर्न सकनेन । अनमार्क रहेका उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो । खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको प्रहार फितलो भएको थियो । ८५ औं मिनेटमा किर्गिस्तानले गोलका लागि अवसर सिर्जना गरे पनि अग्रतपंत्तिले सदुपयोग गर्न सकेनन् ।

एएफसी कप–२०२१ अन्तर्गत आर्मीले प्ले अफमा श्रीलंका पुलिससँग चैत २५ गते प्रतिस्पर्धा गर्दैछ । अनुभव बटुल्नका लागि भएको मैत्रिपूर्ण खेलमा आर्मी नियमित स्ट्राइकर भरत खवास र गोलकिपर विकेशी कुथु विना मैदान उत्रिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *