थ्री नेसन्स कपको उपाधि नेपाललाई

 ग्लोबल टिभि           0

नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । उपाधिसंगै नेपालको सिनियर टीमले अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि जित्ने पाँच वर्षादेखिको सपना पुरा गरेको छ ।

यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो । नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक–एक गोल गरे । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएपनि जितका लागि पर्याप्त भएन । सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे । दोस्रो गोल खेलको ४१ औं मिनेटमा सन्जोगले निकालेको पासमा विशाल राईले गरे र अग्रता दोब्बर पारे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *