ग्लोबल टिभि
बुधबार, चैत्र १८, २०७७
0
एजेन्सी । फिफा विश्वकप छनौट खेल अन्तर्गत जापानले मंगलियालाई फराकिलो अन्तरले हराएको छ ।
मंगलबार भएको खेलमा जापानले कमजोर प्रतिद्वन्दी मंगोलियालाई १४(० गोल अन्तरले पराजित गरेको छ ।
जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानका लागि फराकिलो जित दिलाउन युया ओसाकोले ह्याट्रिक गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २र२ गोल गरे ।
ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १र१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।
३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ ।
Post Views: 1,340
Leave a Reply