दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय क्रिकेट सिरिजमा पाकिस्तानको अग्रता

 ग्लोबल टिभि      शनिबार, चैत्र २१, २०७७      0

एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाको घरेलु मैदान सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाहुना टोली पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरि सिरिजमा एक शुन्यको अग्रता लिएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेका २ सय ७४ रनको चुनौतिलाई पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले । आजमको यो करियरकै १३ औँ एकदिवसीय शतक हो ।

त्यस्तै पाकिस्तानका लागि इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४० रनको योगदान दिए । शादब खान ३३ रनमा आउट भए । दक्षिण अफ्रिकाका लागि एन्रीच नोर्कियाले पाकिस्तानको महत्वपूर्ण ४ विकेट लिए । एडिलेले पनि२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रनको सामान्य योगफल बनाउ सक्यो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले पनि आफ्नो टोलीलाई जिताउन प्रयाप्त भएन्।

दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *