ग्लोबल टिभि
0
डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनलमा पुगेको छ ।
पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा मनाङ मस्र्याङदी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुङ्गाएको हो ।
खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।
संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो ।
पराजयसँगै मनाङ मस्र्याङदी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो । पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मस्र्याङदीले ६ पटक उचालिसकेको इतिहास छ ।
मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने छ ।
Post Views: 1,164
Leave a Reply