ग्लोबल टिभि
आइतवार, चैत्र २९, २०७७
0
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहान साढे ९ बजेबाट लागेको आगो अबेर पाँच बजे नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ । आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको थियो ।
सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको हो । डढेलो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा दमकल प्रयोग गरिएको थियो ।
जंगलमा आगो बाँकी हुनसक्ने र त्यसले जुनसुकै बेला पनि डढेलोको रुप लिनसक्ने भएकोले उक्त स्थानमा अहिले पनि नेपाली सेना तयारी अवस्थामा छ ।
Post Views: 1,179
Leave a Reply