रवि र रञ्जिताको अल्टिमेटमले दबाबमा प्रचण्ड: संकटमा गठबन्धन !(भिडियोसहित)

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

कैलाश/नरेश– राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ती पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने चेतावनीले सत्तागठबन्धनभित्रको विवाद छताछुल्ल भएको छ । गृहमन्त्री प्रकरणमा असन्तुष्ट रहेको रास्वपा र सांसद अरुण चौधरीको पक्राउपछि आक्रोशित बनेको नागरिक उन्मुक्तीले प्रधानमन्त्री दाहाललाई माग सम्बोधनका लागि अल्टिमेटम नै दिएका छन । जसका कारण एमाले माओवादी सहितको ७ दलिय सत्ता गठबन्धनमा संकट देखिन थालेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउदै सत्ताको भागबण्डा गर्ने गरी गत पुषमा बनेको बर्तमान सत्ता गठबन्धन अहिले ठिक ढंगले चलिरहेको छैन । गठबन्धनमा आबद्ध दलहरु बिचको आपसी मतभेद र असन्तुष्टिहरु छताछुल्ल पोखिन थालेका छन ।

राष्ट्रपती चयन देखी गृहमन्त्री छनोट हुदै मन्त्रालयको भागबण्डा सम्ममा देखिएका असन्तुष्टिहरु छताछुल्ल पोखिन थालेका बेला सत्ता गठबन्धनलाई अब भने नया संकट आइलागेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पनी प्रतीपक्षमा बसेको नागरीक उन्मुक्ती पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन । सभापती रवि लामीछानेको नागरीकता प्रकरणले गृहमन्त्री गुमाएको स्वतन्त्र पार्टीले पुनः गृहमन्त्रीमा दावी गर्दै प्रधानमन्त्री दाहाललाई ४८ घण्टे अल्टीमेटम दिएको छ ।

यस्तै ट्याक्टर आगजनीको मुद्धामा सांसद अरुण कुमार चौधरी पक्राउ परेपछी तुरुन्त रीहाईको माग गर्दै नागरीक उन्मुक्ती पार्टीले प्रधानमन्त्री दाहाललाई २४ घण्टे अल्टीमेटम दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता साझेदार दलहरु आबद्ध उच्चस्तरीय राजनीतिक संम्यन्त्रको बैठक माग गर्दै गृहमन्त्री आफुलाई दिन माग गरेको छ । सरकार छोड्न आकलनका बिच बिहिबार लामो समयको आन्तरीक छलफलपछी स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई ४८ घण्टाभित्र माग सम्बोधन गर्न अल्टीमेटम दिएको हो ।

यता नागरीक उन्मुक्ती पार्टीले भने पक्राउ परेका सांसद चौधरीलाई २४ घण्टाभित्र रिहाई गर्न माग गरेको छ । सांसद चौधरी पक्राउ परेपछी २४ घण्टे अल्टीमेटम दिदै नागरीक उन्मुक्तीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

सत्ता साझेदार दलहरु नै आ–आफ्ना मागहरु सम्बोधन गर्नुपर्ने भन्दै प्रधानमन्त्री दाहालमाथि दबाब बढाएपछि बर्तमान सत्ता गठबन्धमा संकट देखिएको विश्लेषण भईरहेको छ । नेपाली कांग्रेसले पनी विश्वासको मत दिएका कारण प्रधानमन्त्री दाहाललाई तत्काल खतरा नभएपनी स्वतन्त्र पार्टी र नागरीक उन्मुक्तीको अल्टीमेटमका कारण सत्ता गठबन्धनमा बेमेल रहेको र जसका कारण गठबन्धन भत्किने संकेत दिेखिएको कतिपयको टिप्पणी छ । तर सत्ता साझेदार अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने गठबन्धन यथावत रहने दाबी गर्छिन ।

संसदमा एउटै पार्टीको बहमुत नपुग्ने भएपछी एमाले, माओवादी हुदै रास्वपा देखी राप्रपा सम्मको सात दलिय गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर साढे २ वर्ष सरकारको नेतृत्व गर्ने गरी प्रचण्डलाई प्रधानमन्त्री बनाएका दलहरु दुई महिना नपुग्दै असन्तुष्ट बनेपछि सत्ता गठबन्धनमा अविस्वास पैदा भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *