ट्रम्पलाई पछि पार्दै बाइडन बने अमेरिकाका नयाँ राष्ट्रपति

सबै अमेरिकीको पक्षमा काम गर्छु : बाइडन

 ग्लोबल टिभि      शनिबार, कार्तिक २२, २०७७      0

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन बिजयी भएका छन ।
उनले आबश्यक २ सय ७० इलेक्ट्रोल भोट भन्दा बढी प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
निर्वाचनमा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले   पेन्सिल्भेनिया राज्यमा   जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।

ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।

यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

वाइडनले अब आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् ।बाइडन डेमोक्रोटिक पार्टीका सदस्य हुन । पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले आफूलाई अमेरिकाको राष्ट्रपति बनाएकोमा अमेरिकी जनतामा आभार व्यक्त गरेका छन् । जारी मतगणनामा जित निश्चित भएलगत्तै ट्वीट गर्दै बाइडेनले आफूलाई मत दिने वा नदिने सबै अमेरिकी जनताको हितमा काम गर्ने बताएका हुन् । उनले अमेरिकी जनताको शिर उचो राख्ने र गरिमा राख्नेगरी काम गर्ने जनाएका छन् । बाइडेनको जितसंगै अमेरिकामा उनका समर्थकहरुले बिजयी जुलुस गर्न थालेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *