शिक्षा मन्त्रालय आफैंले विद्यालय बन्द नगर्ने, विद्यालय बन्दको अधिकार डीसीसीएमसीलाई

 ग्लोबल टिभि           0
file photo

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफैंले विद्यालय बन्द नगर्ने भएको छ । शुक्रवार मन्त्रालयमा बसेको विभागीय मन्त्री कृष्णगोपाल नेतृत्वको बैठकले स्वास्थ्य मन्त्रालयले विद्यालय नपठाउन गरेको अपिल विपरित विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएको हो ।

अब कोरोना संक्रमणको जोखिममा रहेका विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको डीसीसीएमसीले गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले  विद्यालय बन्द गर्ने बिषयमा मन्त्रालयको पहिले देखिको नीति कायमै रहेको जानकारी दिनु भयो । ग्लोबल टेलिभिजन संग संक्षिप्त कुराकानी गर्दै सचिव थपलियाले कोरोना महामारीको अवस्था हेरेर डीसीसीएमसीले विद्यालय बन्दको निर्णय लिने जानकारी दिनु भयो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका राजधानी काठमाडौं सहित विभिन्न १४ जिल्लाका विद्यालयमा विद्यार्थी नपठाउन स्वास्थ्य मन्त्रालयले अपिल गरेको थियो । यसअघि नै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अविभावकले अटेर गरेर विद्यार्थीलाई विद्यालय पठाइरहे कोरोना महामारीले परिवार नै सखाप हुन सक्ने चेतावनी दिनु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *