पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 ग्लोबल टिभि      आइतवार, बैशाख ५, २०७८      0

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ पुगेको छ ।

आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ पुगेको छ ।

खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *