परिस्थिति अनुकुल बनेमा पछि नहट्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नरहेको दोहो-याएका छन् । आज श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको स्पष्ट पारेका हुन् । तर, नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने पनि उनले बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए । उनले भने,‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनुभएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्नै भएन ।’
सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।
Leave a Reply