ग्लोबल टिभि
सोमवार, बैशाख ६, २०७८
0
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
प्रदेशसभामा ८७ सांसद छन् । यसमध्ये सत्तारुढ नेकपा एमालेका ४१ जना छन् । यस्तै माओवादी केन्द्रका सभामुखबाहेक १७, काँग्रेसका १९ र जसपाका ६ सांसद छन् ।
बहुमत पु–याउन कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।
Post Views: 1,180
Leave a Reply