शैक्षिक प्रमाणपत्र किर्ते गर्ने ६ चिकित्सकसहित सात पक्राउ

 ग्लोबल टिभि      सोमवार, बैशाख ६, २०७८      0

प्रमाणपत्र किर्ते गर्ने ६ चिकित्सकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले प्रमाणपत्र किर्ते गर्ने विभिन्न अस्पतालमा कार्यरत सात चिकित्सकलाई पक्राउ गरेको हो ।

न्यूरो हस्पिटल विराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाषप्रसाद साह, दिर्घायु गुरु हस्पिटल चाबहिलमा कार्यरत मोहम्मद शाहिद राजा र चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम पक्राउ परेका हुन् । यस्तै मोरङबाट अखिलेश कुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको ब्यूरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

उनीहरूले एसएलसीको मार्कसिटमा नाम, जन्ममिति, प्राप्ताङ्क लगायत विवरण सच्याई बंगलादेशमा एमबीबीएस अध्ययन गरी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका थिए ।

प्रहरीले उनीहरूसँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारस्थित ज्योतिदिप इन्टरनेसनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *