चितवन पठाइयो रामसीताको मूर्ति

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ७, २०७८      0

चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बालुवाटारमा विधिवत् रूपमा पूजा गरि रथयात्रा सहित त्यसतर्फ पठाइएको छ । चितवन पठाउनुअघि आज प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए । वैदिक अनुष्ठानसहितको पूजाआजापछि मात्रै मूर्तिहरु चितवन पठाइएको हो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको हो ।

प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोह बीच प्रतिमा सहितको रथयात्रालाई बिदाई गरेकी थिइन् । मुर्तीहरु लिएर गएको रथ आज चितवनको देवघाटमा रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी पु-याइनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मुर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *