‘ओलीलाई जवाफ दिन्छौँ, आवश्यक परे कानुनी लडाइँ लड्छौँ’

 ग्लोबल टिभि           0

नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरे कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले मागेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको हो ।

नयाँ बानेश्वरमा मंगलबार बसेको नेपाल समूहका सांसदको मंगलबारको बैठकपछि सांसद रामकुमारी झाँक्रीले आवश्यक परे अदालतसम्म जाने निर्णय भएको जानकारी दिइन् ।

नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५  सदस्यलाई ओलीले स्पष्टीकरण मागेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *