नक्कली पीसीआर रिपोर्ट बनाउने सुरीया हेल्थका संचालक सिंह पक्राउ

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

पीसीआर परीक्षण नै नगरी स्वास्थ्य रिपोर्ट नेगेटिभ बनाएको आरोपमा सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोलीले सो हेल्थ केयरमा छापा मार्दै त्यसका संचालक खेलानन्दप्रसाद सिंह पक्राउ गरेको हो। त्यसक्रममा नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ।

महाशाखाका प्रमुख दुर्गा रेग्मीका अनुसार नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनदेखि ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि सिंहलाई पक्राउ गरिएको हो।

रेग्मीका अनुसार वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको छ।

जबकि पीसीआर परीक्षण गर्न सरकारले अधिकतम २ हजार मूल्य तोकेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *