ओली-नेपालबीच भेटवार्ता

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक नक्साल स्थित एक होटलमा छलफल भएको हो ।

यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ । मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *