ग्लोबल टिभि
शुक्रबार, चैत्र १७, २०७९
0
चैत १७ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य व्यक्ति पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई भक्तपुर दधि कोट उन्नाइस लाख, ललितपुर चाँगाथलीबाट दुई लाख, ललितपुर सानोगाउँबाट चार लाख र भक्तपुर बालकोट बाट पाँच लाख पचास हजार गरी जम्मा ३० लाख ५० हजार ठगी भएको उजुरी परेपछि अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलि घर भई भक्तपुरको बालकोट बस्ने २८ वर्षका भीम बहादुर तामाङ पक्राउ परेका हुन् ।
तामाङलाई अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
Post Views: 109
Leave a Reply