‘कर्णालीजस्तै केन्द्रमा पनि फ्लोर क्रस गराउने प्रयास भइरहेको छ’

 ग्लोबल टिभि           0

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केन्द्र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भइरहेको र कर्णालीको जस्तै ‘फ्लोर क्रस’ गराउने प्रयास भइरहेको दाबी गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) महाधिवेशन आयोजक कमिटीको बैठकपछि मन्त्री ज्ञवालीले सरकारविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध उपयुक्त समयमा निर्णय लिने बताए ।

‘प्रतिपक्षले अविश्वास प्रस्ताव ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने प्रयास भइरहेका छन्’, उनले भने, ‘तिनीहरुको बारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौँ । आवश्यक निर्णय उपयुक्त समयमा गरिनेछ ।’

नेताहरूलाई सोधिएको स्पष्टीकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *