ग्लोबल टिभि
सोमवार, बैशाख १३, २०७८
0
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताएका छन् ।
काठमाडौँमा सोमवार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ डरलाग्दो ढङ्गले फैलिने आँकलन गरेको भन्दै आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने चुनौती रहेको बताए ।
सरकारले सबै प्रकारका सम्भाव्य उपाय अवलम्बन गरेर कोभिडविरुद्धको लडाइँलाई जित्न चाहेको भन्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाको सहयोग आवश्यक पर्ने धारणा राखे । संक्रमण विश्वव्यापी रूपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको उनको भनाइ छ ।
उनले आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव सबै पक्षका सुझावलाई ग्रहण गर्ने बताए ।
Post Views: 847
Leave a Reply