गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आजदेखि सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
अविश्वास प्रस्ताव पेश गर्दै कांग्रेस नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएको उनको भनाई छ ।
गण्डकीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७, माओवादीका १२, कांग्रेसका १५ जनमोर्चाका ३ जसपाका २ र स्वतन्त्र १ जना सांसद छन् । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत हाल्दा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न बहुमत ३१ जना पुग्छ ।
Leave a Reply