गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको भविष्य बुधवार टुंगो लाग्दैछ ।
वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । सोमवार विपक्षी दलका तर्फबाट मुख्यमन्त्रीका प्रस्तावक कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेपछि बुधबार दिउँसो प्रदेशसभामा छलफल चलिरहेको छ ।
अविश्वासको प्रस्ताव दर्ता गराएका काँग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसदमध्ये एक सभामुख भएकाले ११ जनाले मत हाल्नेछन् । जनता समाजवादीका २ र जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने बताएका छन् ।
सत्तारुढ एमालेका २७ सांसद छन् भने मनाङबाट निर्वाचित दीपक मनाङ्गे स्वतन्त्र सांसद छन् ।
Leave a Reply