ग्लोबल टिभि
बुधबार, बैशाख १५, २०७८
0
गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । मध्याह्न १२ बजे शुरु भएको बैठक खाजा समय भन्दै ४ बजे सभामुख नेत्रनाथ अधिकारीले आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि सांसदले राखेका छन् । साढे ४ बजेपछि शुरु हुने बैठकमा प्रदेश सभा संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची छ ।
प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य खिमविक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा पनि उनी थिएनन् ।
जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।
Post Views: 1,024
Leave a Reply