वैशाखमा रिलिज भएका ८ फिल्मले बक्स अफिसमा कति कमाए ?

 ग्लोबल टिभि      आइतवार, बैशाख ३१, २०८०      0

वैशाख ३१– वैशाखमा रिलिज भएका आठमध्ये सात फिल्मको कमाइ निकै कमजोर देखिएको छ । ‘जारी’बाहेक अन्य फिल्मले घरेलु बक्स अफिसमा लगानी पनि उठाउन नसकेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार २०८० सालको पहिलो महिना नेपाली बक्स अफिसमा असफल हुने फिल्मको संख्या धेरै देखियो ।

बोर्डको बक्स अफिसअनुसार दयाहाङ राई र मिरुना मगर स्टारर सोसल ड्रामा ‘जारी’को कुल कमाइ १३ करोड ७४ लाख रुपैयाँ नेट देखिएको छ । वैशाख १ गते नै रिलिज भएको फिल्म ‘कैदीको पत्र’को कुल कमाइ ९० हजार रुपैयाँ नेट र बिहेपासको कुल कमाइ ७९ लाख ७० हजार रुपैयाँ नेट देखिएको छ ।

‘प्रसाद २’ को कुल कमाइ ७० लाख ६१ हजार रुपैयाँ, ‘बुलाकी’को ८ लाख ५० हजार र नाइँ नभन्नु ल ६ को २० लाख रुपैयाँ नेट कमाइ रहेको बोर्डले जनाएको छ । वैशाख २१ मा रिलिज भएको धीरज मगर स्टारर ‘ज्याकी स् आई एम ट्वान्टी वान’को शनिबारसम्मको कमाइ ४३ लाख ७८ हजार रुपैयाँ र वैशाख २९ गते रिलिज भएको ‘हल्कारा’को शनिबारसम्मको कमाइ २ लाख २३ हजार रुपैयाँ रहेको छ ।

नेपाली फिल्मको कुल ग्रस कमाइमा मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत र ५ प्रतिशत स्थानीय कर कटाएर नेट कमाइ प्राप्त भएको बोर्डले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *