ग्लोबल टिभि
0
काठमाडौँ । काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेविसंघका संस्थापक सदस्य शिवबहादुर खड्काको निधन भएको छ ।
घरको बाथरुममा लडेर घाइते भएका ७८ वर्षीय खड्काको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
पञ्चायतविरुद्ध काँग्रेसले सञ्चालन गरेको आन्दोलनमा लागेका उनी संविधानसभाका सदस्य समेत भएका थिए ।
खड्काको अन्त्येष्टि आइतबार नै पशुपति आर्यघाटमा गर्ने परिवारले जनाएको छ ।
Post Views: 1,218
Leave a Reply