काँग्रेसको पदाधिकारी बैठक स्थगित

 ग्लोबल टिभि           0
फाइल फोटो

काठमाडौँ नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

सोमवार दिउँसो २ बजेका लागि बोलाएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मंगलबार बस्नेगरी स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भएपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको थियो ।

प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *