ग्लोबल टिभि
0
काठमाडौँ । भारतमा कोरोना संक्रमणले २४ घण्टामा ३ हजार ७८० जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि आइतबार ३ हजार ६८९ जनाको मृत्यु भएको थियो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि अघिल्लो दिन ३ लाख ५७ हजार २२९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ४४९ जनाको मृत्यु भएको थियो ।
Post Views: 1,527
Leave a Reply